मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २२ आइतबार १५:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले जबरालाई जोगाउन चाहेको सांसद गजुरेलको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २२ आइतबार १५:३६:००

माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताएका हुन् । 

महाभियोग पारित गर्न दुईतिहाइ चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको सांसद गजुरेलको भनाइ थियो ।  उनले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले ‘जिब्रो चपाएर’ कुरा गरेको बताए । 

‘प्रतिपक्षले सहयोग नगरी पारित (महाभियोग प्रस्ताव) हुँदैन । प्रतिपक्ष त अगाडि आउनुपर्‍याे नि ल तपाईंहरू अगाडि बढाउनुस्, हामी छौँ । तर, आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ,’ उनले भने, ‘यहाँ सोझै बोल्न गाह्रो छ । प्रतिपक्ष जोगाउन चाहिराखेको छ । सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छवि, व्यक्तिको छवि गिर्छ । यस्तो गर्नुहुन्न । यस्तो विषयमा पनि सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा नउभिनु दुःखद कुरो हो ।’