१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Friday, 24 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १o:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समृद्धि फाइनान्सको जनशक्ति व्यवस्थापन ग्रोथ सेलरले गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:१९:oo

समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रालिबीच जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । फाइनान्सका लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रक्रियामा सहयोग गर्ने भएको हो । 

सम्झौताअनुसार संस्थाका विभिन्न शाखामा आवश्यकअनुसारका दक्ष, अर्धदक्ष, सिकारु जनशक्तिको नियुक्तिका लागि ग्रोथ सेलरले समन्वय गर्ने जनाइएको छ । सम्झौतामा हस्ताक्षरपछि फाइनान्सका मानव संसाधन विभाग प्रमुख रामहरि रिमालले सम्झौताबाट संस्थाले आगामी दिनमा अति आवश्यक अवस्थामा नयाँ जनशक्ति नियुक्ति गर्न सहज अवस्था सिर्जना हुने बताए ।

ग्रोथ सेलरका संस्थापक अध्यक्ष मोहन ओझाले फाइनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलरले महत्वपूर्ण भूमिका खेल्ने बताए । हाल पाँच शाखाबाट सेवा प्रदान गर्दै आएको र चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन विस्तार गर्ने जनाएको छ ।                                    

ad
ad