Skip This
श्याम पाण्डेको ठगी यात्रा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Sunday, 16 June, 2024
टेकराज थामी काठमाडौं
२o८१ जेठ १० बिहीबार १६:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

श्याम पाण्डेको ठगी यात्रा

अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी, फरार रहेको पाइएपछि जेल चलान

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार १६:१२:oo

अपहरणमा परेको भन्दै प्रहरी गुहार्न पुगेका नुवाकोट बेलकोटगढी नगरपालिका– १३ का ३७ वर्षीय श्यामराज पाण्डे जेल चलान भएका छन् । वैदेशिक रोजगार ठगीमा सर्वोच्च अदालतले दोषी प्रमाणित गरेको भेटिएपछि प्रहरीले उनलाई जेल चलान गरेको हो । 

अपरिचित युवाबाट अपहरणपछि कुटपिटमा परेको भन्दै पाण्डेले सोमबार प्रहरी गुहारेका थिए । सूचनापछि उनको उद्धार गर्न प्रहरी वृत्त दारबारमार्गको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट उनीसहित विज्ञान रेग्मी, श्रवणकुमार ओलीलगायत युवालाई नियन्त्रणमा लिएको थियो । 

सर्वोच्च अदालतले दोषी ठहर गरेपछि श्यामराज पाण्डे फरार रहेछन्। पक्राउ गरेर सजाय भुक्तान गर्न उनलाई कारागार चलान गरिएको छ। 

एसपी नवराज अधिकारी प्रवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौं

अनुसन्धानपछि पाण्डेविरुद्ध सर्वोच्चले वैदेशिक रोजगार कसुरमा दोषी प्रमाणित गर्दै एक लाख ५० हजार जरिवाना, चार लाख ८७ हजार पाँच सय क्षतिपूर्ति र एक वर्ष ६ महिना कैद सजाय ठहर गरेको खुलेपछि प्रहरीले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले अपहरणमा परेको भन्दै प्रहरी गुहार्ने पाण्डे नै अदालतबाट दोषी ठहर भएको खुलेपछि कारागार चलान गरिएको बताए । ‘सर्वोच्च अदालतले दोषी ठहर गरेपछि श्यामराज पाण्डे फरार रहेछन् । पक्राउ गरेर सजाय भुक्तान गर्न उनलाई कारागार चलान गरिएको छ,’ उनले भने । 

प्रहरीका अनुसार उनले क्यानडा पठाइदिने प्रलोभनमा १७ असार ०६५ मा ललितपुर महानगरपालिका– ९ च्यासलका पुरुषोत्तम खतिवडासँग नौ लाख ७५ हजार लिएका थिए । सोही कसुरमा वैदेशिक रोजगार न्यायाधिकरणले उनीविरुद्ध २६ मंसिर ०६८ मा दोषी ठहर गरेको थियो । सो फैसलाविरुद्ध पाण्डे सर्वोच्च पुगेका थिए । सर्वोच्चले न्यायाधिकरणकै फैसला सदर गरेपछि त्यसयता उनी फरार थिए । तर, ठगीको शिलशिला भने रोकिएको थिएन । 

सोही क्रममा उनले अमेरिका पठाइदिने प्रलोभनमा विज्ञान रेग्मीसँग ३५ लाख, कपिला दुवाडीसँग पाँच लाख ५० हजार, मेडिकल सामग्री उपलब्ध गराइदिने प्रलोभनमा मेडिकल व्यवसायी श्रवणकुमार ओलीसँग ८५ लाख रुपैयाँ लिएका थिए । 

फरार रहेका उनलाई श्रवण र विज्ञानको समूहले सोमबार महाराजगन्जस्थित होटेलमा फेला पारेको थियो । पाण्डेले आफू अपरिचित युवाबाट अपहरणमा परेको भन्दै प्रहरीलाई फोन गरेका थिए । घटनास्थल पुगेको प्रहरीले उनलाई उद्धार गरी प्रहरी वृत्त दरबारमार्ग ल्याएका थिए। 

कुटपिटमा संलग्न श्रवण र विज्ञानलाई भने प्रहरीले पक्राउ गरेको थियो । उनीहरूविरुद्ध अहिले शरीर बन्धक तथा अपहरण कसुरमा अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

पाण्डेसँग दुईवटा पासपोर्ट

ठगीमा संलग्न पाण्डेसँग १२३४३४१२ र १०५९५१२५ नम्बरका दुईवटा राहदानी (मेसिन रिडएबल पासपोर्ट) छ । जसलाई वैदेशिक रोजगार विभागले समेत पुष्टि गरेको छ । तर, घटना सम्बन्धमा हालसम्म अनुसन्धान भएको छैन । यस सम्बन्धमा नयाँ पत्रिकाले यसअघि नै समाचार लेखेको थियो। 

प्राप्त विवरणअनुसार पाण्डेले प्रयोग गर्ने १२३४३४१२ नम्बरको एउटा राहदानी २५ अगस्ट ०२१ मा जारी भएको देखिन्छ, जसको म्याद २४ अगस्ट ०३१ सम्म छ । त्यसमा प्रयोग भएको नागरिकता नम्बर १३७७६ छ। 

त्यस्तै, १०५९५१२५ नम्बरको अर्को राहदानी भने २३ अक्टोबार ०१७ मा जारी भएको देखिन्छ । राहदानीको म्याद २२ अक्टोबर ०२७ सम्म रहेको देखिन्छ । उक्त राहदानीमा नागरिकता नम्बर ७३७७६ प्रयोग भएको छ । दुवै राहदानीमा वाहकको नाम श्यामराज पाण्डे उल्लेख छ । जन्ममिति ३ डिसेम्बर १९८३ उल्लेख छ । ठेगानामा नुवाकोट भनिएको छ । दुवैमा श्रीमती नवीना पन्त उल्लेख छ।

डेढ वर्षअघि विमानस्थलबाटै फरार

पाण्डेविरुद्ध वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी परिसर काठमाडौंलाई १५ साउन ०७९ मा पक्राउ गर्न पत्र काटेको थियो। वैदेशिक रोजगार कसुरमा छुना गुरुङलगायतको उजुरी परेपछि विभागले काठमाडौं परिसरलाई पक्राउ गर्न पत्र काटेको थियो । तर, उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन। 

यही क्रममा जापान जाने सूचनापछि उनलाई रोक्न विभागले ६ कात्तिक ०७९ मा अध्यागमन विभागलाई पत्र काटेको थियो । तर, पत्रको बेवास्ता गर्दै अध्यागमनका कर्मचारीले उनलाई त्यसको भोलिपल्ट भगाएका थिए। त्यसको करिब एक घण्टापछि मात्रै उनीहरूले उनको सम्बन्धमा प्रहरीलाई जानकारी गराएका थिए । त्यसवेला अध्यागमनको सिस्टममा उनको पासपोर्ट कालोसूचीमा देखिएपछि अध्यागमन कर्मचारीले प्रहरीलाई बुझाउनुपर्नेमा उनलाई भगाएपछि मात्रै खबर गरेको प्रारम्भिक छानबिनले देखाएको थियो।

 घटनामा अध्यागमन कर्मचारीको भूमिका शंकास्पद देखिएपछि विभागले छानबिनसमेत गरेको थियो। छानबिनमा अध्यागमनका तत्कालीन अधिकृत सन्तोष सुवेदी आफैँ उनलाई लिन एक तलामुनि झरेका खुलेको थियो। उनै सुवेदीले पाण्डेलाई प्रस्थान अनुमति दिलाउन पहल गरेका थिए । तर, अन्य कर्मचारीले आनाकानी गरेपछि पाण्डेलाई भगाउन सुवेदीले सहयोग गरेका थिए। 

ad
ad
ad
ad