Skip This
१२८ मेगावाट क्षमताको मेवा–तमोर आयोजना शिलान्यास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
२o८१ जेठ ११ शुक्रबार o८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

१२८ मेगावाट क्षमताको मेवा–तमोर आयोजना शिलान्यास

२५ असोज ०८५ भित्र उत्पादन गर्ने गरी निर्माण थालिएको आयोजनाको अनुमानित लागत २४ अर्ब ३२ करोड वर्षायाममा ६१ करोड ९७ लाख युनिट र सुक्खायाममा नौ करोड १६ लाख युनिट बिजुली उत्पादन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार o८:३२:oo

स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड प्रवद्र्धक रहेको एक सय २८ मेगावाटको मेवा–तमोर जलविद्युत् आयोजनाको बिहीबार शिलान्यास गरिएको छ । आगामी २५ असोज ०८५ भित्र बिजुली उत्पादन गर्ने गरी विद्युत् प्राधिकरण सम्झौता भएको प्रवद्र्धक स्पार्क हाइड्रोका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको छ । कुल लागतमध्ये ७५ प्रतिशत बैंक ऋणबाट र २५ प्रतिशत प्रवद्र्धकबाट सेयर पुँजी लगानी हुने लिम्बूले बताए । 

आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीदर वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ रहेको छ । आयोजनाले वार्षिक ७१ करोड १४ लाख ३३ हजार दुई सय ९८ युनिट बिजुली उत्पादन गर्नेछ । आयोजनाले वर्षायाममा ६१ करोड ९७ लाख ४० हजार चार सय २३ युनिट र सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ युनिट बिजुली उत्पादन हुनेसमेत कार्यक्रममा अध्यक्ष लिम्बूले बताए । वर्षायामको अवधि वैशाखदेखि मंसिरसम्म र सुक्खायामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ । आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुक्खायाममा र ९० प्रतिशत वर्षायाममा उत्पादन हुने बताएको छ । 

कुमारी बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय कम्पनीले लगानीको प्रतिबद्धता गरेको लिम्बूले बताए । उनले वित्तीय व्यवस्थापन गरिसकिएको बताए । ‘वित्तीय व्यवस्थापन हुँदै गर्दा हामी सेयर पुँजीबाट लगानी परिचालन गर्नेछौँ,’ लिम्बूले भने ।
मेवाको पानी तमोरमा ल्याएर मिसाएपछि आउने जडित क्षमता एक सय २८ भएकाले यसको नाम मेवा–तमोर रहेको हो ।

मेवाको पानी तमोरमा खसाल्न २५ सय मिटर सुरुङ खन्नुपर्छ भने बिजुली उत्पादनका लागि तमोरको मुहानदेखि भूमिगत विद्युत्गृहसम्म चार हजार सात सय ६१ मिटर सुरुङको अवश्यकता रहेको कम्पनीका प्रबन्ध निर्देशक सुधीर चौधरीले बताए । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकामा संरचना रहने यो आयोजनाबाट उत्पादित बिजुली विद्युत् केन्द्रदेखि प्राधिकरणको मैवाखोला–१ (ढुंगेसाँघु) सबस्टेसनसम्म दुई सय २० केभी प्रसारणलाइन जोडिनेसमेत बताइएको छ । 

ad
ad
ad
ad