Skip This
सन्दीपलाई अमेरिकाको भिसा दिलाउन पहल सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन्दीपलाई अमेरिकाको भिसा दिलाउन पहल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार o८:१८:oo

क्रिकेटर सन्दीप लामिछानेलाई आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन अमेरिकाको भिसा दिलाउन कूटनीतिक पहल हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाएको हो । 

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच बिहीबार भएको छलफलपछि परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाइएको छ । मन्त्री श्रेष्ठले खेलाडीलाई भिसा उपलब्ध गराउन सबै किसिमको पहल गर्ने बताएका छन् । 

‘मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरिसकेको र अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्छौँ,’ श्रेष्ठले भने । नेपालस्थित अमेरिकी दूतावासले बुधबार सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसपछि उनले सामाजिक सञ्जालबाट आफूलाई दोस्रोपटक अमेरिकी दूतावासले भिसा नदिएको जनाएका थिए । १ जुनदेखि अमेरिका र वेस्ट इन्डिजमा विश्वकप सुरु हुँदै छन् । नेपाली टोलीले अमेरिकाको ह्युस्टनमा प्रशिक्षण गरिरहेको छ । नेपालले शुक्रबार र शनिबार ह्युस्टन हुरिकेन्ससँग दुई अभ्यास खेल्नेछ । 

ad
ad
ad
ad