मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Friday, 14 August, 2026
२o८१ जेठ १० बिहीबार १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उड्ने तयारीमा रहेकाे विमानले ठक्कर दिँदा आफ्नै कर्मचारी गम्भीर घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार १३:५६:oo

मुगुस्थित रारा विमानस्थलमा उड्ने तयारीमा रहेकाे विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्। 

बिहीबार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारीमा रहेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन्।

भाम विमानका चालकहरूलाई विमान उडान संकेत गरिरहेका वेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमान गुड्न सुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिएकाे प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई साेही एयरकाे विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएकाे छ।