Skip This
लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान : एक महिनामा  ११४ कारोबारी पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार o८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान : एक महिनामा  ११४ कारोबारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार o८:५४:oo

लागुऔषध कारोबारविरुद्ध प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले तीनमहिने विशेष अभियान चलाएको छ । अभियानको पहिलो महिनामा उल्लेख्य सफलता मिलेको ब्युरोले जनाएको छ । वैशाखमा ब्युरोले एक सय १४ जना कारोबारी पक्राउ गरेको छ । यो अवधिमा ठूलो मात्रामा लागुऔषध बरामद भएको ब्युरोका एसपी रामेश्वर कार्कीले बतााए ।

वैशाखदेखि असारसम्म ब्युरोले विशेष अभियान चलाएको हो । पहिलो महिनामा केही ठूला कारोबारी पक्राउ परेका छन् । यस अवधिमा एक किलो ७५ ग्राम खैरो हिरोइन बरामद भएको छ । पाँच हजार १९ एम्पुल, नौ हजार पाँच सय ४४ ट्रामाडोल, १८ हजार सात सय ३८ ट्रामाडोल बरामद भएको ब्युरोले जनाएको छ ।

कोकिन दुई किलो ६ सय ५४ ग्राम तथा एम्फेटाइमन एक सय चार ग्राम बरामद भएको छ । झापा, मोरङ, सुनसरी र बाँकेमा कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोलीसमेत चलाएको छ । ठूला कारोबारीविरुद्ध आक्रामक हुने रणनीतिअनुसार यसरी केहीलाई गोली प्रहार गरिएको प्रहरी स्रोत बताउँछ । यद्यपि, प्रहरीले भने भाग्न खोज्ने क्रममा बाध्य भएर गोली चलाउनुपरेको जनाएको छ । यस अवधिमा प्रहरीले सचेतना र नियमन पनि बढाएको एसपी कार्कीले बताए ।

विभिन्न फार्मेसीमा छापा मारेर अवैध रूपमा बिक्री भइरहेका नियन्त्रित औषधिसमेत बरामद गरेको छ । यहीबीचमा सरकारले लागुऔषध नियन्त्रण ऐनको अनुसूची संशोधन गरी ट्रामाडोल र टेपन्टाडोलको चिकित्सकको सिफारिसविना बिक्री गरेमा लागुऔषध मुद्दा चलाउने व्यवस्था गरेको छ । लागुऔषध दुव्र्यसनीले यिनै औषधि प्रयोग गर्दै आएको खुलेपछि कानुन संशोधन भएको हो । 

ad
ad
ad
ad