सप्तकोसीमा फेरि बढ्यो पानीको बहाव, तटीय क्षेत्रमा \'हाइअलर्ट\'

शनिबार, २१ साउन, २०७९
डिजिटल संस्करण

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३४ ढोका खुला गरिएको छ। साँझ ६ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव २ लाख ३१ हजार ९२० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। 

२ लाख २३ हजार ४७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले शनिबार दिउँसो ३ बजे बहाव मापन गरिएको थियो। पानीको बहाव बढेपछि सुनसरी प्रशासनको आग्रहमा ३४ वटा ढोका खुला गरिएको छ। पानीको बहाव बढेसँगै ५६ मध्ये ३४ ढोका खुला गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 
पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविक रूपमा बढ्ने अनुमान गरिएको छ। 

कोसी नदीमा पानीको अत्यधिक बहाव हुन सक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको यादवले जनाएका छन्। तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई हाइअलर्टमा राखिएको उनले बताए। 

सुझावित समाचार