Skip This
‘उत्पादनसँग अखिल क्रान्तिकारी’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २८ शुक्रबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘उत्पादनसँग अखिल क्रान्तिकारी’

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १o:२३:oo

उत्पादनसँग क्रान्तिकारी भन्ने नारासहित माओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मोरङ गाछी र फलफूलका बोटबिरुवासहित गाउँगाउँ पुग्ने भएको छ । उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने तीनमहिने अभियान सफल बनाउन अखिल क्रान्तिकारी संगठनमा आबद्ध विद्यार्थी विभिन्न गाछी र फलफूलका बिरुवा बोकेर मोरङका गाउँगाउँमा पुग्ने भएको हो । मोरङ अध्यक्ष नगेन्द्रबहादुर घिमिरेका अनुसार असोज महिनासम्म सञ्चालन हुने अभियानमा अखिल क्रान्तिकारीले मोरङको उत्तरी क्षेत्रहरू  मिक्लाजुङ, केराबारी, लेटाङलगायतका माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने र एभोकाडोको  बिरुवा उत्पादन गर्नेछ । यसैगरी उत्पादन सफल बनाउन माटो पनि परीक्षण गर्नेछ । 

अभियानका क्रममा स्कुल र कलेजमा विद्यार्थीलाई च्याउ र फूलखेती गर्न तालिम पनि प्रदान गर्नेछ । विद्यार्थीलाई मौरीपालनमा आकर्षित गर्न  स्कुलमा एक मौरीको डुँड अभियान थाल्नेछ । यसैगरी हरेक विद्यालयमा एक विद्यालय एक फूलखेती कार्यक्रम पनि सञ्चालन गर्नेछ ।  

उक्त अभियानका क्रममा  क्रान्तिकारी विद्यार्थीले  बदामका एक हजार, अश्वगन्धाको एक हजार बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना पनि बनाएको छ । मोरङमा सञ्चालन हुने यो अभियानको बिहीबार अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले विराटनगरमा उद्घाटन गरिन् । उनले  राष्ट्रिय उत्पादन बढाउने कार्यक्रमलाई विद्यार्थीसँग जोड्न अखिल क्रान्तिकारीले देशभरि तीनमहिने अभियान सञ्चालन गरेको बताइन् ।   

ad
ad