मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Saturday, 12 July, 2025
२o७९ श्रावण १९ बिहीबार १३:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा खाद्यान्नको चरम संकट पर्न सक्ने राष्ट्रसंघको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार १३:२९:oo

संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघले यसअघि पनि कैयौँपटकसम्म यहाँ खाद्य संकट पर्न सक्ने बताउँदै आएको छ। यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसके छिट्टै खाद्यान्नको अभाव पर्ने राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो। सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरू दक्षिण सुडान, इरिट्रिया, इथियोपियालगायतबाट शरणार्थीहरू आइरहेका, तर खाद्यान्नको प्राप्तिका स्रोतहर नरहेकाले पनि निकट भविष्यमै संकट पर्न सक्ने जनाएको हो।

यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरूबाट प्राप्त सहयोगले मात्र दैनिक रूपमा चल्ने गरेकाले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरूमा आन्तरिक रूपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको बताइएको छ। जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एकचौथाइ जनसंख्या खाद्यान्नको संकटमा पर्ने देखिएको र अब त्योभन्दा पनि बढी हुन सक्ने सो संस्थाले जनाएको छ।

हाल सुडानमा आन्तरिक रूपमा विस्थापित भएकाबाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ। आगामी दिनमा यदि अहिलेजस्तै संकट पर्दै जाने र विदेशी दाताहरूबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ। रासस/सिन्ह्वा