मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १९ बिहीबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताइवानमा अमेरिकी सभामुखको भ्रमण निन्दनीय : नेचिप्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १९ बिहीबार १०:५८:००

नेपाल-चीन हिमालय मैत्री समाज नेपाल (नेचिप्स)ले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति निन्दा गरेको छ ।  मंगलबार साँझ अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान उत्रिएकी थिइन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै नेचिप्सले एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको जनाएको छ । चीनविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि भूमि  प्रयोग हुन नदिने नेपालको नीतिअनुसार नेचिप्सले ताइवान चीनको अभिन्न अंग भएकाले अमेरिकी सभामुखको यो  भ्रमण चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा हस्तक्षेप गर्ने कार्य भएको ठहर गरेको छ ।

 यस्ता कार्यले अस्थिरता सिर्जना गर्ने विज्ञप्तिमा जनाइएको छ ।