मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १६ सोमबार १६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव समूहको चेतावनी– तीनबुँदे सहमति उल्लंघन गरेर सरकारले शान्तिप्रक्रिया भाँड्न खोज्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार १६:४o:oo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले तीनबुँदे सहमति उल्लंघन गरेर सरकारले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाएको छ। सरकारले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाउँदै आफूहरूको एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको चेतावनी दिएको हो।

पाँच महिनासम्म चलेको ओली सरकार र वर्तमान गठबन्धन सरकारले पनि इमानदारिताका साथ सहमति पालना नगरेको साेमबार साे पार्टीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। ‘पार्टी, नेतृत्व, कार्यकर्ता र समर्थक जनताको नाममा ललितपुर जिल्ला अदालतले आज जारी गरेको पक्राउ पुर्जीको घटनाले त सरकार तथा राज्यका निकायहरू झुटा मुद्दा खारेज गर्ने र राजबन्दी रिहा गर्ने तीनबुँदे सहमितको तेस्रो बुँदा लागू गर्नुपर्ने प्राथमिक कार्यकै विरुद्ध उत्रिएको प्रस्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

हातहतियार तथा खरखजाना मुद्दामा म्याद बेपत्ते तामेल भएको भन्दै ललितपुर जिल्ला अदालतले विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्यहरू टेकबहादुर केसी, भरतबहादुर बम, सुरेश रानामगर, पदम राई, उदयबहादुर चलाउनेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

आफ्नो पार्टीविरुद्ध गरिएको उक्त कदमले अन्ततः अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्‍याएको विप्लव नेतृत्वको नेकपाको दाबी छ। तीनबुँदे सहमतिविरुद्ध सरकारले आज घटाएको घटनालाई तुरुन्त नरोकिए आफूहरू ‘हातमा दही जमाएर नबस्ने’ सो पार्टीको चेतावनी छ।