१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव । तस्बिर : नयाँ पत्रिका फाइल
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १६ सोमबार १०:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १६ सोमबार १०:३०:००

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो । 
विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्यहरू टेकबहादुर केसी, भरतबहादुर बम, सुरेश रानामगर, पदम राई, उदयबहादुर चलाउनेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरुलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ । 
उनीहरूविरुद्ध हातहतियार खरखजाना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्यविरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर गरेको मुद्दा छ । उनीहरूमाथि लागेका यी मुद्दामा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार पक्राउ पुर्जी जारी गरेको ललितपुर अदालतले जनाएको छ ।
भूमिगत रही सशस्त्र गतिविधि गर्दै आएका विप्लव २१ फागुन २०७७ मा केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।
 

 

Please wait while image is uploading...