
पछिल्लो २४ घन्टामा आठ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पाँच हजार नाै सय नाैजनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
आरटी पिसिआर विधिबाट तीन हजार ६ सय ८५ नमुना परीक्षण गर्दा ६ सय ३२ जनामा तथा एन्टिजेन विधिबाट दुई हजार दुई सय २४ नमुना परीक्षण गर्दा दुई सय ६३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, सो समयमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या चार हजार नाै सय ३४ रहेको छ ।