१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:३२:oo

काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेका छन्। गोरखा घर भई हाल तारकेश्वर– २ स्थित पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चारजना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

मैनालीका अनुसार परिसर र अपराध अनुसन्धान महाशाखाको टोली पुगेर घटनाको मुचुल्का गरेको छ। मृत्यु हुनेमा पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, छोरा आशिक र छोरी आशिका रहेका छन्। घटना बीभत्स भए पनि कसरी घटेको हो भन्ने पुष्टि हुन नसकेको प्रवक्ता मैनालीले बताए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

ad
ad