१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पानीले डुबेको कोठामै अध्ययन गर्दै हुम्लाका विद्यार्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१o:oo

हुम्लाको ताजाँकोट गाउँपालिकाको केन्द्रमै रहेको धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी पानी जमेर ताल परेको कक्षाकोठामा पढ्न बाध्य छन्। विद्यालय भवन पहिरोले जीर्ण बनाएपछि विद्यार्थी पानी जमेको कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य भएका हुन्।

कक्षाकोठा गत वर्षको साउनमै परेको वर्षाले जीर्ण बनाएको र सोही कोठामा अध्ययन गर्दै आएको विद्यालयको कक्षा १० मा अध्ययनरत शान्ति शर्माले बताइन्। ‘हिजो राति पानी परेर कक्षाकोठा नै ताल भएको छ,’ उनले भनिन्, ‘गत वर्ष आधा भवन पहिरोले भत्काएर जोखिम पनि छ।

राति पानी परेपछि भवनको भित्ताबाट पानी कक्षाकोठामा पसेर तालजस्तै भएको कक्षा १० मै अध्ययनरत अस्मिता शाहीले बताइन्। गत वर्षको पहिरोले आधा भवन पुरेपछि जीर्ण अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसीले बताए। बाढीपहिरोबाट जीर्ण भएका भवनमै जोखिमयुक्त अवस्थामा अध्यापन गराइरहेको जैसीले बताए।

दुई वर्षअघिदेखि थप दुईवटा भवन निर्माणको काम सुरु गरिएको भए पनि ठेकेदारहरूले ढिलासुस्ती गर्दै आएका छन्। ठेकेदारले समयमै विद्यालय भवन निर्माण नगर्दा विद्यार्थी पानी जमेको जीर्ण भवनमै अध्ययन गर्न बाध्य छन्।
 

ad
ad