१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने थापाले आत्मालोचना गर्दै मागे माफी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:४o:oo

समाचार लेखेको विषयमा नयाँ पत्रिकाकर्मी चिरञ्जीवी घिमिरेलाई धम्की दिने निर्माण व्यवसायी विनोद थापाले माफी मागेका छन्। आवेगमा आएर पत्रकार घिमिरेलाई धम्की दिएको स्वीकार गर्दै थापाले सोमबार इलाका प्रहरी कार्यालय दमकमा घिमिरेसँग माफी मागेका हुन्।

शनिबार नयाँ पत्रिकाको अनलाइन संस्करणमा ‘जनप्रतिनिधिकै सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षकमा समाचार प्रकाशनपछि आइतबार थापाले घिमिरेलाई फोन गरेर धम्की दिएका थिए। पत्रकार घिमिरेमाथि भएको दुर्व्यवहारको पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले भर्त्सना गरेका थिए।

सोमबार पत्रकार महासंघका प्रतिनिधि तथा पत्रकारसम्बद्ध विभिन्न संगठनका प्रतिनिधिसँगको छलफलपछि थापाले विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।

कानुनविपरीत पत्रकारलाई धम्की दिएकोमा गल्ती महसुस भएको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘अब उप्रान्त मबाट पत्रकार घिमिरेमाथि कुनै पनि रिसइबी नराखी म स्वतन्त्र पत्रकारिताको सम्मानमा उभिन तयार छु। उहाँमाथि मैले गरेको दुर्व्यवहारमा सार्वजनिक रूपमा प्रेस विज्ञप्ति जारी गरी क्षमायाचना प्रकट गर्दछु।’

ad
ad