मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Thursday, 10 July, 2025
२o७९ श्रावण १३ शुक्रबार ११:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियामा एकै दिन ८५ हजारभन्दा बढीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार ११:५६:oo

दक्षिण कोरियामा पछिल्लो २४ घन्टाको समयावधिमा ८५ हजार तीन सय २० जनामा कोभिड– १९ संक्रमण पुष्टि भएको छ। यसैसँगै  यहाँका कुल संक्रमितको संख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

अघिल्लो दिनको तुलनामा केही मात्रामा कोभिड संक्रमण घटेको जनाइएको छ । तर, यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरियाली रोग नियन्त्रण र रोकथाम एजेन्सीले जानकारी दिएको छ। नयाँ केसहरूमध्ये चार सय ३९ जना आयातीत रहेको जनाइएको छ। यद्यपि, ४३ हजार पाँच सय ३८ जना कोरोनामुक्त भएका छन्।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर दुई सय ३४ पुगेको छ। यस अवधिमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या २४ हजार नौ सय ९२ पुगेको छ। कुल मृत्युदर ०.१३ प्रतिशत रहेको छ। रासस/सिन्ह्वा