१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १२ बिहीबार २o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘चक्रव्यूहमा नेपाली जलस्रोत’ १६ साउनमा लोकार्पण गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार २o:१३:oo

नेपालको जलस्रोत चक्रव्यहूमा फसेको निष्कर्ष निकाल्दै पूर्वजलस्रोत तथा सिँचाइसचिव द्वारिकानाथ ढुंगेलले पुस्तक प्रकाशन गर्ने भएका छन् । सिमल बुक पब्लिकेसनमार्फत उनले चक्रव्यूहमा नेपालको जलस्रोत नामक पुस्तक प्रकाशन गर्न लागेका हुन् । आगामी सोमबार (साउन १६) उक्त पुस्तक लोकार्पण गरिने सिमल बुक पब्लिकेसनका अध्यक्ष कमल ढकालले बताए । पब्लिकेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस्तकको विशेषताबारे जानकारीसमेत दिएको छ । उक्त पुस्तक लेखक ढुंगेलको नितान्त व्यक्तिगत अनुभवका आधारमा तयार गरिएको पब्लिकेसनको भनाइ छ ।

ढुंगेलले २०५२ कात्तिकदेखि २०५५ वैशाखसम्म जलस्रोत तथा सिँचाइसचिवको जिम्मेवारीमा थिए । त्यसबीच उनले महाकाली सन्धिको प्रारम्भिक मस्यौदा तयार गर्नेदेखि अन्तिम रूप दिनेसम्मको काम गरेका थिए । लेखक ढुंगलले विशेष गरी भारतसँग भएको महाकाली सन्धि, विद्युत् ऊर्जा व्यापार सम्झौता, कर्णाली–चिसापानी आयोजनामा अमेरिकी कम्पनी एनरोनको अभिरुचि, पश्चिम सेती जलविद्युत् आयोजनामा अस्ट्रेलियन कम्पनी स्मेकको संलग्नता, विश्व बैंकको सहयोगमा ऊर्जा विकास कोषको स्थापनालगायत मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित अन्य विषयहरूमा भएका काम कारबाहीको जानकारी दिन यो पुस्तक तयार गरेको बताए । 

‘मैले जति समय जलस्रोत तथा सिँचाइसचिवको रूपमा काम गरे । त्यसको अनुभवले नेपालका जलस्रोत चक्रव्यूहमा परेको जस्तो लाग्यो,’ उनले भने, ‘सोही अनुभव मैले यो पुस्तकमा राखेको छु । आगामी दिनमा जलस्रोतसम्बन्धी अध्ययन गर्ने कुनै पनि व्यक्ति तथा संस्थालाई यो पुस्तक राम्रो प्रमाण तथा आधार हुन सक्छ ।’