१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख २१ शुक्रबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अप्पर सोलु हाइड्रोपावरको ड्याम साइडमा महिलाको शव भेटियो

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५९:oo

सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिका– ६ छुल्यामुस्थित अप्पर सोलु हाइड्रोपावरको ड्याम साइडमा महिलाको शव फेला परेको छ । सोलु–दूधकुण्ड नगरपालिका– २ की शशिकला राईको शव बुधबार सोलुखोलास्थित ड्याम साइडमा भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार राई गत असार २२ गते साँझ ७ बजेदेखि सोलु–दूधकुण्ड नगरपालिका– ४ फाप्लुस्थित डेराबाटै बेपत्ता बनेकी थिइन् । सडिसकेको अवस्थामा शव फेला परेको र कानमा रहेको रिङको आधारमा शव पहिचान भएको प्रहरी निरीक्षक रामकिशोर शाहले बताए ।

आयोजनाको ड्याम साइडमा मानिसको शव देखेपछि हाइड्रोपावरका प्राविधिकले प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । 

ad
ad