१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ११ बुधबार ०६:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

तीव्र बन्दै कोरोना, सक्रिय संक्रमित झन्डै चार हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ११ बुधबार ०६:१९:००

संक्रमण बढिरहँदा पनि जनस्तरबाट स्वास्थ्य सावधानीमा बेवास्ता भएपछि कोरोना तीव्र बन्दै गएको छ । संक्रमितमा गम्भीर समस्याका घटना कम भए पनि दैनिक संक्रमण अत्यधिक बढेको छ । १ साउनमा एक सय ३५ मा संक्रमण भएकोमा १० दिनपछि मंगलबार ६ सय ३८ मा संक्रमण पुष्टि भएको छ, जुन झन्डै पाँच गुणा बढी हो ।

संक्रमणदर पनि उच्च बढेको छ । १ साउनमा तीन हजार ४१ नमुना परीक्षणमा एक सय ३५ को पजिटिभ आएको थियो, जुन ४.४३ प्रतिशत हो । तर, मंगलबार पाँच हजार ५५ नमुना परीक्षण गर्दा ६ सय ३८ को पजिटिभ आएको हो, जुन १२.६२ प्रतिशत हो । 

मृत्यु पनि बढेको छ । १ साउनमा एकजनाको मृत्यु भएको थियो । त्यसपछिका दिनमा शून्य रहेकोमा केही दिनदेखि फेरि मृत्यु भएको छ । मंगलबार दुई संक्रमितको ज्यान गएको छ । सोमबार एक र आइतबार दुईजनाको मृत्यु भएको थियो । 

भिडभाड र स्वास्थ्यका मापदण्ड उल्लंघनका कारण संक्रमण बढेको पुष्टि उपत्यकामा देखिएको संक्रमितको अंकले देखाउँछ । हाल देशभर सक्रिय संक्रमितमध्ये ६७ प्रतिशत काठमाडौं उपत्यकाका छन् । ५५ प्रतिशत काठमाडौं जिल्लाका मात्रै छन् । मंगलबारसम्म देशभर सक्रिय संक्रमित तीन हजार सात सय १४ रहेकामा काठमाडौं जिल्लाका मात्रै दुई हजार ४० रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

अस्पताल भर्ना भएका बिरामीमा पनि जटिल समस्या खासै देखिएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा लक्षणसहितका केही बिरामीलाई अक्सिजन सपोर्टका लागि आइसियूमा राखिए पनि भेन्टिलेटरमा कुनै बिरामी नरहेको प्रवक्ता नवराज गौतमले बताए ।