पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनी झन्डै आधा अर्बको मालिक देखिएका छन् ।
आफ्नो र श्रीमतीको नाममा गरी ४३ करोड ६१ लाख ४५ हजार ६१६ रुपैयाँबराबर चलअचल सम्पत्ति रहेको उनले जनाएका छन् । महानगरको आधिकारिक वेबपेजमार्फत मेयर आर्चायले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
कुल सम्पत्तिमध्ये दुई करोड ८५ लाख विभिन्न बैंक तथा वित्तीय संस्थासँगै आफन्तबाट ऋण लिएको विवरणमा उल्लेख गरेका छन् ।
सबै सम्पत्ति आफैँले आर्जन गरेको आचार्यको भनाइ छ । उनले विवरणमा आमा–बुबाको नाममा रहेको पुर्ख्याैली सम्पत्ति समावेश गरेका छैनन् ।
विवरणअनुसार मेयर आचार्यसँग पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल कलेज सञ्चालन, रासायनिक मल उद्योग, हाइड्रोपावर, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटीजस्ता दुई दर्जन व्यावसायिक प्रतिष्ठानमा लगानी छ ।
पोखरा र काठमाडौंमा चार घर
आचार्यको पोखरा र काठमाडौंमा चारवटा घर छन् । पोखरा महानगरपालिका–९ मा श्रीमती पुष्पाकुमारी आचार्यको नाममा २८९ वर्गमिटर जग्गामा बनेका दुईवटा घर छन् । त्यसको बजार मूल्य नौ करोड २५ लाख रहेको आचार्यले उल्लेख गरेका छन् । पोखरा– ११ मा तीन करोड ५० लाख रुपैयाँ पर्ने अर्को घर छ । श्रीमतीकै नाममा काठमाडौं महानगरपालिका–४ स्थित सीतापाइलामा ९२५ वर्गफिटमा बनेको एक करोड ८५ लाख रुपैयाँ पर्ने घर छ । मेयर आर्चायको नाममा दोलखामा ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी सात आना जग्गा छ ।
चार गाडी, तीन स्कुटर
विवरणमा मेयर आर्चायले टोयोटा कार, रेनल्ट क्विड कार, ओम्नी भ्यान, सुजुकी स्विफ्ट कार गरी चारवटा गाडी र तीनवटा स्कुटर रहेको उल्लेख गरेका छन् । गाडी र स्कुटरको बजार मूल्य दुई करोड रहेको विवरणमा उल्लेख छ ।
विभिन्न बैंकमा १५ लाख नगद, विभिन्न कम्पनीहरूमा २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँबराबरको सेयर लगानी रहेको आचार्यले जनाएका छन् । यस्तै, उनीसँग पाँच तोला हीरा, ५४ तोला सुन र ३८ तोला चाँदी छ ।
पोखराका मेयर झन्डै आधा अर्बका मालिक
किन पक्राउ परे विश्लेषक भरत दाहाल ?
४ हप्ता अघि
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
३ हप्ता अघि
सुझावित समाचार
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…