मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १६:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ४.८९ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १६:०२:००

पछिल्लो एक सातादेखि निरन्तर रूपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि सामान्य अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.०६ अंक र सेन्सेटिभ इन्डेक्स ०.०१ अंकले बढेको छ। बुधबार कारोबारमा आएका  दुई सय १५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता सेयर एक अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।

बुधबार नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने गिरावट भएको छ । मंगलबार दुई अर्ब २९ करोडको सेयर कारोबार भएको थियो । बुधबार नेप्सेका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने बाँकी पाँच उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बिमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन् ।

नेप्से झिनो अंकले बढ्दा मल्टिपर्पस फाइनान्सको सेयरमूल्य ५.६९ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.३५ प्रतिशत बढेको छ। तर, यता, लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य चार प्रतिशतभन्दा बढी घटेको छ । बुधबार शिवम सिमेन्ट्स कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।