१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साथीको घरमा बास बसेका प्रहरीको रहस्यमय मृत्यु

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५५:oo

सरुवा भएको दरबन्दिमा हाजिर हुन जाने क्रममा साथीको घरमा बास बसेका एक प्रहरी जवानको रहस्यमय मृत्यु भएको छ। मधेश प्रदेशको सर्लाहीबाट सरुवा भएर एक नम्बर प्रदेश झापाको भद्रपुर हाजिर हुन जाने क्रममा शुक्रबार राती  विराटनगरमा साथीको घरमा बास बसेका पाँचथरका २८ वर्षीय प्रहरी जवान उत्तम लावतीको मृत्यु भएको हो।

प्रहरी जवान लावती शनिवार विहान विराटनगर–१६ स्थित  कटुवाल थरका साथीको घरमा मुखबाट फिँज निकालेर बेहोस भएको अवस्थामा फेला परेका थिए। उपचारका लागि कोसी अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

मोरङ प्रहरीका अनुसार लावतीको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ। झापाको भद्रपुर सरुवा भएपछि प्रहरी जवान लावती ३० असारमा सर्लाहीबाट रवाना लिएर आएका थिए। आउने क्रममा विराटनगरमा रहेका साथीको घरमा शुक्रबार खाना खाएर बास बसेका थिए।

ad
ad