१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:५७:oo

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  तीनदिने भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।  भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका प्रचण्डले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । 

कूटनीतिक स्रोतहरूका अनुसार प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भाजपा मुख्यालयमा शनिबार भेटवार्ता हुनेछ । प्रचण्डले शनिबार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । 

ad
ad