१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

धनगढी उपमहानगरद्वारा नाै महिनामा २३ करोड राजस्व संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:४६:oo

कैलालीको धनगढी उपमहानगरपालिकाले रु. २३ करोड ४० लाख ९३ हजार राजस्व संकलन गरेको छ। उपमहानगरपालिकाले चालू आव ०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व संकलन गरेको हो। 

सम्पत्ति करबाट रु. दुई करोड ९१ लाख ५० हजार, भूमि कर रु. ८२ लाख ८५ हजार, बहाल कर रु. पाँच करोड ३७ लाख ८८ हजार, बहाल बिरौटी कर रु. ११ लाख ८७ हजार, सवारीसाधन कर रु. चार लाख ३२ हजार र अन्य करबाट रु. चार लाख ७८ हजार राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।

उनका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु. ६८ लाख पाँच हजार, अन्य सेवा शुल्कबाट रु. २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी रु. १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट रु. ५२ लाख ९७ हजार, नक्सापास दस्तुरबाट रु. दुई करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट रु. एक करोड ३२ लाख २७ हजार राजस्व संकलन भएको छ।

त्यस्तै, व्यक्तिगत घटना दर्ता दस्तुर रु. १० लाख सात हजार, नाता प्रमाणित दस्तुर रु. तीन लाख ६१ हजार, अन्य दस्तुरबाट सात लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु. ४४ लाख ११ हजार, व्यवसायबाट रु. तीन करोड १७ लाख २६ हजार, अन्य राजस्व रु. चार करोड ९९ लाख ५२ हजार, बेरुजुबापत रु. पाँच लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय रु. ३२ हजार र विज्ञापन करबाट रु. पाँच हजार राजस्व संकलन भएको उनले जानकारी दिए।

करको दायरा बढ्दै जाँदा राजस्व संकलमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ। 

ad
ad