१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गभर्नरको राजीनामा माग्दै प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:३o:oo

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र वाइसिएलले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतिघरमा माओवादीनिकट भ्रातृ संगठनले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन् । 
प्रदर्शनकारीले ‘बार्दलीको हनुमान गभर्नर’, ‘गोबर नर’, ‘एम कि गभर्नर ?’ ‘गभर्नर या एमालेको सदस्य’लगायतका प्लेकार्ड बोकेका थिए । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीको आलोचना भइरहेको छ ।

अखिल (क्रान्तिकारी) र वाइसिएलले गभर्नर अधिकारीलाई  तत्काल बर्खास्त गर्न सरकारसँग माग समेत गरेका छन् । 

 

ad
ad