१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल टी–२० लिगलाई आइसिसीको मान्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:३६:oo

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगलार्ई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ । 
क्यानले ८ असोजदेखि ५ कात्तिकसम्म काठमाडौं कीर्तिपुरस्थित टियू खेल मैदानमा  नेपाल टी–२० लिग आयोजना गर्दै छ । क्यानले यस किसिमको प्रतियोगिता पहिलोपटक गर्न लागेको हो । 
क्यानले मंगलबार एक विज्ञप्ति जारी गरी पहिलो संस्करणको प्रतियोगितालाई आइसिसीले स्वीकृति दिएको जनाएको छ ।
प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै मान्यता दिइसकेको छ । 
यसअघि क्यानले नेपाल टी–२० लिग आयोजना हुने भएपछि नेपालमा आयोजना हुने अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिइने बताइसकेको छ ।

ad
ad