नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगलार्ई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ ।
क्यानले ८ असोजदेखि ५ कात्तिकसम्म काठमाडौं कीर्तिपुरस्थित टियू खेल मैदानमा नेपाल टी–२० लिग आयोजना गर्दै छ । क्यानले यस किसिमको प्रतियोगिता पहिलोपटक गर्न लागेको हो ।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गरी पहिलो संस्करणको प्रतियोगितालाई आइसिसीले स्वीकृति दिएको जनाएको छ ।
प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै मान्यता दिइसकेको छ ।
यसअघि क्यानले नेपाल टी–२० लिग आयोजना हुने भएपछि नेपालमा आयोजना हुने अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिइने बताइसकेको छ ।
नेपाल टी–२० लिगलाई आइसिसीको मान्यता
नेपाल दोस्रोपटक एसिया कपमा छनोट
४ हप्ता अघि
सुझावित समाचार
रोहितको शतकप्रेरित खेलमा नेपाल २४ रनले विजयी
आइसिसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा नेपालले क्यानडामाथि २४ रनको जित निकालेको छ। २३६ रनको लक्ष्य पछ्याएर जवाफी ब्…
रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
काठमाडौं/ पूर्वकप्तान रोहितकुमार पौडेलको शतक मद्दतमा नेपालले आइसिसी विश्वकप लिग– २ अन्तर्गत क्यानडालाई २३६ रनको लक्ष्…
एकदिवसीय क्रिकेटमा रोहितको तेस्रो शतक
काठमाडौं/ पूर्वकप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा शतक बनाएका छन्। आइतबार ओम…
आइसिसी क्रिकेट विश्वकप लिग–२ : एकदिवसीय मान्यता जोगाउन नेपाललाई ओमान भ्रमण महत्वपूर्ण
शीर्ष चारमा स्थान बनाउन नसकेपछि नेपालले एकदिवसीय मान्यता जोगाउने एउटा अवसर गुमाइसकेको छ, आगामी चार खेल जित्द…
कर्णाली याक्सले भित्र्यायो दोस्रो बंगलादेशी खेलाडी
बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन…
पारा एसियाली खेलकुद : पलेशा गोवर्धनबाटै पदकको आशा
अक्टोबर १८–२४ देखि जापानको आइची नागोयामा हुने पारा एसियाली खेलकुदमा आठ खेलबाट १९ खेलाडी सहभागी हुँदै …