१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २५ मंगलबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जसपा अध्यक्ष यादव वीरगन्जमा, कार्यकारिणी समिति बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:o७:oo

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगन्जमा आज बस्दै छ। बैठक साढे १२ बजे होटेल पुजनमा बस्ने वन तथा वातावरणमन्त्रीसमेत रहेका सो पार्टीका नेता प्रदीप यादवले जानकारी दिए।

बैठकमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राईलगायत वीरगन्ज आइसकेका छन्। कार्यकारिणी समितिका सदस्यहरू आउने क्रममा जारी रहेको यादवले बताए । अध्यक्ष यादव सिमरा विमानस्थलमा अवतरण गरेर केही घन्टाअघि वीरगन्ज आइपुगेका हुन्। वरिष्ठ नेता राई भने मंगलबार नै वीरगन्ज आएका हुन्।

आन्तरिक विवाद व्यवस्थापन र अधिकारको बाँडफाँडमा सहमति जुट्न नसकेपछि पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष यादवले सहमतिमै विभाजनको विकल्पमा जाने निर्णय लिएका छन्। सोहीअनुसार अध्यक्ष यादवले पार्टी विभाजन हुनुअगाडिको कार्यकारिणी समितिको बैठक वीरगन्जमा राखेका नेताहरूले बताएका छन्।

विवादपछि अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठक असार २९ र ३० गते वीरगन्जको नगर सभागृहमा बोलाएका छन्। गत साता नै केन्द्रीय समितिको बैठक असार २९ र ३० गते वीरगन्जमा हुने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका थिए।

ad
ad