१० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भुसाल

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका नेता घनश्याम भुसालले १० बुँदे सहमतिलाई लत्याएर माधवकुमार नेपालले जीवनको सबैभन्दा ठूलो गल्ती गरेको बताएका छन्।

सोमबार उनले पार्टी अध्यक्ष केपी ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउनेसम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल नै अगाडि भएको भन्दै भुसालले ढिलो वा चाँडो नेपालले कठघरामा उभिएर यसको प्रायश्चित गर्नुपर्ने बताए ।

उनले माधव नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा अर्काे पार्टी खोलेर कम्युनिस्ट आन्दाेलनको सेवा गरेको भन्ने कुरा धर्तीको कुनै इजलासले भन्न नसक्ने जिकिर गरे । 

सुझावित समाचार