१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थनगरमा सिभिल बैंकद्वारा डस्टबिन हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o८:oo

सिभिल बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा डस्टबिन सहयोग गरेको छ । बैंकले वडा समितिको कार्यालयलाई १५ थान डस्टबिन बक्स हस्तान्तरण गरेको हो । 

बैंकका शाखा प्रबन्धक सरोज सापकोटाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिदार्थनगर वडा कार्यालयलाई डस्टबिन बक्स वितरण गरेको बताए । आगामी दिनमा पनि नगरपालिका तथा वडा कार्यालयसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो । समाजसेवी तथा उद्योगी बृजेश अग्रवालले सिद्धार्थनगरमा फोहोरमैला व्यवस्थापनको समस्या रहेको अवस्थामा बैंकले गरेको सहयोग सराहनीय रहेको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले घरबाट निस्केको फोहोर अरूको घर वा पसलअगाडि नफाल्न आग्रह गरे ।  बैंकले हस्तान्तरण गरेका डस्टबिन बक्स वडाका विभिन्न स्थानमा व्यवस्थित तरिकाले राखिने उनको भनाइ थियो । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले हाम्रो नगर, स्वच्छ नगर अभियानअन्तर्गत यो कार्यक्रममार्फत राम्रो सुरुवात भएको बताए । समाजसेवी नारायणप्रसाद अग्रवालले नगरको सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष सतिषकुमार कौशलले फोहोरमैला व्यवस्थापनका लागि आवश्यक काम अघि बढाउन आफूले वडा कार्यालयलाई आग्रह गर्दै आएको बताए । बैंकले नगरका अन्य वडाहरूमा पनि डस्टबिन वितरण गर्ने जनाएको छ । 

ad
ad