१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:३९:oo

आरएमसी ग्रुपद्वारा सञ्चालित पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन तानसेन सिमेन्ट भारत निर्यात गर्न सुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको उद्योगले आफ्नो उत्पादन पहिलोपटक भारत निर्यात गरेको उद्योग सञ्चालक शेखर अग्रवालले जानकारी दिए । स्थानीय र राष्ट्रियस्तरमा बजारीकरण गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको तानसेन सिमेन्ट भारत निकासी सुरु गरेको उद्योगका सिइओ अतुल डालमियाले बताए । उनका अनुसार उद्योगले रूपन्देहीको सीमानाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु गरेको हो । 

उद्योगले उत्पादन गरेको १० प्रतिशत सिमेन्ट भारत निर्यात गर्ने सिएइओ डालमियाले बताए । भारतीय उत्पादनसंग प्रतिस्पर्धा गर्नका लागि नेपाल सरकारले विद्युतमा केही छुट दिन आवश्यक रहेको उनले बताए । भारततर्फको निकासीले आर्थिक गतिविधिलाई क्रियाशील गराउने उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले बताए । यसले सिमेन्ट उद्योगलाई मात्र नभई सबै क्षेत्रलाई सहयोग पुर्याउने उनले बताए ।  नेपाल आयात मात्र गर्ने देशको सूचीमा रहे पनि सिमेन्टमा आत्मनिर्भर भई भारत निर्यात गर्नु ठूलो उपलब्धि भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । नेपालको व्यापार घाटामा अब विद्युत् र सिमेन्ट भारत निर्यातले केही राहत दिने उनले बताए । 

तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय भएको सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले बताइन् । सुनवलमा रहेको सिमेन्ट नेपालमा मात्रै नभई भारतमा पनि निकासी हुनु सुनवलको लागी गौरवको कुरा भएको नगर प्रमुख अर्यालको भनाइ थियो । 

बेलहिया नाका भएर उद्योगले शुक्रबार ७ वटा गाडीमार्फत ५१ सय बोरा सिमेन्ट भारत पठाएको उद्योगका सेल्स हेड विष्णु भट्टराईले बताए । 
पाल्पा सिमेन्टले दैनिक १८ सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका सेल्स एनलाईजर अमेन्द्र श्रीवास्तवले बताए । पाँच वर्ष पहिले स्थापित सिमेन्ट उद्योगले तीन वर्षअघिदेखि उत्पादन सुरु गरेको हो । पाल्पा जिल्लाको माथागढी–७ रहबासमा उद्योगका् चुनढुंङा खानी रहेको छ । 
 

ad
ad