१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Saturday, 05 July, 2025
गगन अयडी बाजुरा
२o७९ असार २३ बिहीबार १८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढीगंगा नगरपालिकाको निर्वाचन सकियो, ६६.७५ प्रतिशत मत खस्याे

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १८:o४:oo

बुढीगंगा नगरपालिकाको निर्वाचन सकिएको छ। वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत यसअघि रोकिएको निर्वाचन सम्पन्न भएको हो। मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएर साँझ ५ बजे सम्पन्न भएको सहायक जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए। 

जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार निर्वाचनमा ६६.७५ प्रतिशत मत खेको छ। बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता  संख्या रहेको थियो। १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । 

बुढीगंगा–९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झड्प हुन नदिन हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने सामान्य रूपमा मतदान सम्पन्न भएको थियो। त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिएको विष्टले जानकारी दिए। 

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए। नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् ।