मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २२ बुधबार
  • Friday, 14 August, 2026
२o७९ असार २२ बुधबार २o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 ९ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार २o:१३:oo

सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमरत ९ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ। अत्यधिक गर्मीको वेला १० किलोमिटर दौडको क्रममा प्रहरी प्रशिक्षार्थी बेहोस भएका हुन्। 

बेहोस भएका दुईजनालाई सेती प्रादेशिक अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बढी समस्या देखिएका प्रशिक्षार्थी सरोज चौधरी र प्रशान्त रावललाई आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए। 

एकजनाको सामान्य वार्डमा उपचार भइरहेको र छजनालाई उपचारपछि डिस्चार्ज गरिएको उनले जानकारी दिए। उनीहरू तालिमका लागि दैनिक त्यो रुटमा दौडने गरेका प्रहरीले जनाएको छ। नियमित प्रशिक्षणमा रहेका उनीहरू बुधबार बिहान धनगढी भन्साररोडदेखि फाप्ला क्रिकेट मैदानसम्म दौडेका थिए।