Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७९ असार २२ बुधबार १०:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेश सभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७९ असार २२ बुधबार १०:३६:००

मधेस प्रदेश सभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष ०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आव ०७९/८० को बजेट पारित हुने मन्त्री साहले बताए । आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको हिजोको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुने मन्त्री साहको भनाइ छ ।

प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेश सभा बैठकमा आगामी आव ०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।