मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २२ बुधबार ०८:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सको रक्तदान तथा खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार ०८:०६:००

यस अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सव रक्तदान तथा वृद्धवृद्धालाई सहयोग गरेर मनाएको छ । कम्पनीले आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको गोंगबुमा रहेको हिमालयन वृद्धाश्रममा आश्रित ४३ जना वृद्घवृद्घाका लागि खाद्यान्न सहयोग गरेको हो । 

सहयोगस्वरूप उपलब्ध गराइएको खाद्यान्न टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रूपमा वृद्घाश्रमकी अध्यक्ष सरला पन्थीलाई हस्तान्तरण गरेको जनाइएको छ । 

कम्पनीले हाल देशभरमा प्रधान कार्यालयलगायत सात प्रादेशिक कार्यालय, २९ शाखा, २५ उपशाखा कार्यालयहरू, ११ बिमा काउन्टर र ३ तेस्रो पक्ष बिमा काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

हालसम्म कम्पनीमा तीन सय २३ कर्मचारी, चार सय ५९ आधारभूत निर्जीवन बिमा अभिकर्ता, तीन सय १७ कृषि तथा पशुपक्षी बिमा अभिकर्ता, ३९ जना कृषि तथा पशुपक्षी क्षति मूल्यांकनकर्ता र एक सय २२ जना बिमा सर्भेयरहरू सूचीकृत रहेको जनाएको छ ।