काठमाडौं/ नेपाल र पाकिस्तानबिचको कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबिच सोमबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबिचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो ।
भेटमा अग्रवालले नेपाली चिया, ठुलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए । राजदूत खानले दुवै देशमा युवा जनशक्तिको ठुलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए ।