मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २२ बुधबार ०७:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार ०७:५५:००

रिलायन्स लाइफ इन्स्योरेन्सले सगरमाथा आरोही दाकिपा शेर्पालाई सम्मान गरेको छ । शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर सगरमाथाको चुचुरोमा फहराएका कारण सम्मान गरिएको हो । 

उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले सम्मान गरेको जनाइएको छ । आगामी दिनमा उनका योजनालाई कम्पनीले सहयोग गर्ने अध्यक्ष केडियाले बताए । शेर्पाले विश्वको अग्लो शिखर सगरमाथामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर फहराउन पाउँदा खुसी लागेको बताए । 

सोही अवसरमा कम्पनी व्यवस्थापनको तर्फबाट शेर्पालाई ५० लाख रुपैयाँबराबरको रिलायन्स म्यादी जीवन बिमा पोलिसी प्रदान गरी सम्मान गरेको जनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले कम्पनीको हितैषी आरोहीलाई सम्मान गर्न पाउँदा गौरव लागेको बताए ।  

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका शेर्पा पेसाले क्लाइम्बिङ गाइड रहेको जनाइएको छ । उनी आरोहणको सिजनमा ट्रेकिङ गाइडका रूपमा काम गर्ने तथा अन्य समयमा रिलायन्स लाइफसँग आबद्ध भई काम गर्ने गरेको कम्पनीले जनाएको छ ।

उनले वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएको जनाइएको छ ।