चौपायाको बथानमा चट्याङ खस्यो, कृषकको आयस्रोत खोस्यो

८० भेडाबाख्रा मरे, तीन सय भेडाबाख्रा पाटनमै हराए

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको बागजाले पाटनमा शुक्रबार बेलुका चट्याङ पर्दा ८० भेडाबाख्रा मरेका छन् भने ३ सयभन्दा बढी बेपत्ता भएका छन्। यस घटनाबाट भेडापालक कृषकको आयस्रोत नै गुमेको छ। 

३८० भेडाबाख्राको एक बथानमा चट्याङ पर्दा भेडाबाख्रा मर्नुका साथै बेपत्ता भएका हुन्। सोही गाउँपालिका–४ का भेडापालन बर्खा सिजनमा बागजाले पाटनमा भेडाबाख्रा पालन गर्दै आएका थिए। बेपत्ता हराएका भेडा अझै भेटिएका छैनन्। 

सुझावित समाचार