एकीकृत समाजवादी बागमती प्रदेश सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएकाे छ । सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले आआफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् ।
पाण्डेलाई केन्द्रमा शीर्ष नेताहरूबीच सहमति नभई सत्ता हस्तान्तरण नगर्ने अडानमा रहेपछि माओवादी र कांग्रेसले बिहीबार आआफ्ना सांसदको हस्ताक्षर संकलन गरेका थिए । साथै, सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेका थिए ।
सरकार छाड्नैपर्ने अवस्था सिर्जना हुन लागेपछि मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । बागमती प्रदेशको नेतृत्व हस्तान्तरणको किचलो बढेपछि शुक्रबार केन्द्रमा शीर्ष नेताले पनि छलफल गर्दै छन् । सो छलफलपछि आफूले सरकार छाड्नुपर्ने बुझेका पाण्डेले शुक्रबार र शनिबार दुई दिन बस्ने गरी दलको बैठक बोलाएका छन् । शुक्रबार बस्ने बैठकमै सहभागी हुने गरी संघीय राजधानी काठमाडौं पुग्न सबै सांसदलाई सूचना गरिएको एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिइन् ।
‘गठबन्धनभित्र सरकार फेरबदलको विषय गम्भीर बनेपछि हामीले संसदीय दलको बैठक बस्ने तयारी गरेका हौँ,’ उनले भनिन्, ‘नेकपा एकीकृत समाजवादी सरकार फेरबदलबारे गम्भीर छ, यसै विषयमाथि छलफल हुनेछ ।’ मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व छाडेपछि कांग्रेस नेतृत्वमा बन्ने सरकारमा बढीभन्दा बढी मन्त्रालय पाउनुपर्ने माग गठबन्धनमा राख्ने तयारीसमेत गरेका छन् ।
११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चारजना मन्त्री छन् । ‘सरकार फेरबदलको विषय शीर्ष नेतृत्वबाट टुंगिनुपर्छ, हामी प्रदेशमा बाधक बन्दैनौँ,’ सचेतक सिग्देलले भनिन्, ‘त्यसपछि बढीभन्दा बढी मन्त्रालय हामीले पाउनेबारे हामी अडिग हुनेछौँ।’
पाण्डेको नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार आधा-आधा सञ्चालन गर्ने, चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए ।
बागमती सरकार छाड्न एकीकृत समाजवादी सकारात्मक
सुझावित समाचार
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…
भूमिसम्बन्धी अध्यादेशः सुकमवासीलाई जग्गा वितरणको कानुनी अड्चन हट्यो
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले गत साता यससम्बन्धी अध्यादेश राष्ट्रपति कार्…
चाडपर्वमा उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं/ सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले चाडपर्वलाई सुरक्षित बनाउन उच्च सतर्कताका साथ काम गर्न सशस्त्र प्रहरी कर्…