मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Friday, 14 August, 2026
२o७९ असार १७ शुक्रबार १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परिवर्तनका लागि अब आन्दोलन आवश्यक छैन : नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १७:o४:oo

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन्। शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै परिवर्तन गर्न सक्ने बताएका हुन्। 

उनले संविधान जारी भएसँगै देशको शक्तिको रूपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्न सक्ने बताए। कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उपाध्यक्ष नेम्वाङको भनाइ छ।

‘हामीले ६ वर्षकै बीचमा सर्वसम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएका छौँ, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन,’ उनले भने, ‘जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ।’