१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Friday, 04 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १७ शुक्रबार १३:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको बहिष्कारबीच राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १३:१८:oo

प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारबीच राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।

राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ। राष्ट्रिय सभाले सन्देशसहित पठाएको विधेयक प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ।

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको आरोप लगाउँदै बैठक बहिष्कार गरेका थिए। एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए। रासस