मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयल निगमको घाटा शोधभर्ना गर्न सरकारले आठ अर्ब दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १४:१५:oo

सरकारले नेपाल आयल निगमको घाटा शोधभर्ना गर्न तत्काल आठ अर्ब रुपैयाँ दिने भएको छ। निगमले मागेअनुसार अर्थ मन्त्रालयले तत्काल आठ अर्ब रुपैयाँ दिने निर्णय गरेकाे अर्थमन्त्री जनार्दन शर्माका प्रेस संयोजक अजित अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

‘अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यको असर नेपाली जनतामा पर्न नदिने गरी सरकारको निर्देशनमा निगमले नोक्सानी खेपेर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहेको र नोक्सानी हुन आएको रकम शोधभर्ना दिने निर्णय भइसकेको छ,’ उनले लेखेका छन्।