Skip This
बुटवलमा जंगली च्याउ खाँदा १५ जना बिरामी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Tuesday, 16 September, 2025
२o७९ असार १६ बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा जंगली च्याउ खाँदा १५ जना बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १२:२२:oo

विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँका ६, वडा नं. ४ लक्ष्मीनगरका सात र  वडा नं. १३  बेलबासका दुईजना बिरामी भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जंगलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् ।

यसैगरी, बुटवल– ४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन,  १४ वर्षीय यथार्थ जिसी,  ४२  वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।

यसैगरी, बेलबास शान्तिचोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका बिरामी भएको प्रहरीले जनाएको छ ।

बिरामीकोे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँचजनाको आइसियूमा उपचार भइरहेको र अस्वथा गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  केसीले जानकारी दिए ।