१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १५ बुधबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले मध्यपहाडी लोकमार्ग र बाग्लुङ-म्याग्दी सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०८:५५:००

निरन्तरको वर्षाका कारण बाग्लुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकाेट–बुर्तिबाङखण्ड र बाग्लुङबाट म्याग्दी जाने सडक पहिराले पूर्ण रूपमा अवरुद्ध बनाएको छ ।

लोकमार्गअन्तर्गत गलकाेट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षातले गलकाेट नगरपालिका– १ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ । 

यस्तै, बाग्लुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ । बाग्लुङ नगरपालिका– ४ र म्याग्दीको बेनी नगरपालिका– १ को सिमानास्थित डम्मरेखोलानजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।