निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
संजित परियार काठमाडौं
२०७९ असार ९ बिहीबार १८:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महंगीविरुद्ध बानेश्वरमा राष्ट्रिय युवा संघको मसाल जुलुस (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ असार ९ बिहीबार १८:५३:००

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आकाशिदो महंगीविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । एमालेको जनसंगठन समन्वय संयन्त्रले महंगीविरुद्ध सडक र सदन दुवैतिर आन्दोलन चर्काउने निर्णय गरेको केही घन्टापछि युवा संघले मसाल जुलुस निकालेको हो । 

मसाल जुलुसअघि बिजुलीबजारमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष किरण पौडेलले ईम्बोष्ड नम्बर प्लेटमा भएको भ्रष्ट्राचार, महंगी र कालाबजारीविरुद्ध सुरु भएको आन्दोलनमा सरकारले दमन गरे देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिए । उनले किसानले मल पाउने सुनिश्चिता र महंगी नियन्त्रण नभएसम्म सडकमा सरकारी सवारी साधन चल्न नदिने कार्यक्रम रहेको पनि बताए ।