निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार १६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोलिसम्म मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार १६:३१:००

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ। बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रधानमन्त्रीको समय मिले आजै र नमिले भोलिसम्म मन्त्रीहरूलाई फिर्ता बोलाइने उनले बताए। उनका अनुसार पार्टीले यसअघि सार्वजनिक गरेको फिर्ता बोलाउने र पठाउने सूचीका आधारमा नै मन्त्री हेरफेर हुनेछ।

‘आज वा भोलिसम्म पुराना मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरिनेछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीले समय दिए आज नै फिर्ता बोलाइन्छ।’ क–कसलाई फिर्ता बोलाउने र पठाउने भन्नेबारे पार्टीले यसअघि नै टुंगो लगाइसकेको उनले प्रस्ट पारे।

एकीकृत समाजवादीले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर मेटमणि चौधरीलाई पठाउने निर्णय गरेको छ। त्यस्तै, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङलाई पठाउने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।