१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ९ बिहीबार ११:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य २०० रुपैयाँले बढ्यो   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ९ बिहीबार ११:५१:००

सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार पाँच सय पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला  ९७ हजार तीन सयमा कारोबार भएको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  पाँचले घटेर  एक हजार दुई सय ५० तोकिएको महासंघले जनाएको छ ।