१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:५४:oo

कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि बेपत्ता छन् । २२ जेठ बेलुका कोठाबाट निस्किएका उनी अझै फेला परेका छैनन् । उनी छवि आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुन् । 

केही समयअगाडि कालिकोटदेखि भाइबहिनीसँगै स्कुल पढाउन वीरेन्द्रनगर–४, मूलपानीमा कोठा खोजी राखेर आफूहरू कामको खोजीमा भारत गएको विनोदकी आमा अमसरा विकले बताइन् ।

‘हामीले प्रहरी कार्यालयमा खबर गरे पनि अझै पत्ता लाग्न सकेको छैन,’ उनले भनिन्, ‘हामीले धेरै ठाउँमा खोज्यौैँ ।’ नेपालमा छोरा हराएको खबर पाएपछि आफू भारतबाट नेपाल आएको अमसराले बताइन् । ‘छोराछोरीलाई पढ्न भनेर सुर्खेतमा राखेको, उनी किन र कसरी हराए भन्ने हामीलाई जानकारी नै छैन,’ उनले भनिन्, ‘उनी निकै सोझा थिए ।’

ad
ad