मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ६ सोमबार १९:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई मन्त्री हेरफेर गर्ने प्रस्ताव गरेका छैनौँ : देव गुरुङ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ६ सोमबार १९:२७:००

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग सोमबार संक्षिप्त कुरा गर्दै गुरुङले माओवादी केन्द्रले मन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरेको बताएका हुन् । 

उनले मन्त्रिपरिषद्को पुर्नगठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने बताए । पुनर्गठन हुनै सक्दैन भन्न भने नसक्ने उनको भनाइ छ । अनिवार्य रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने आवश्यकता नभएको उनको भनाइ छ ।

उनले भने, ‘मन्त्रिपरिषद्को गठन, पुनर्गठन भन्ने कुरा प्रधानमन्त्रीको अनुभूतिको आधारमा हुने कुरा हो । दलका नेताहरूको अनुभूतिको आधारमा हुने कुरा हो । कति परिवर्तन गर्ने, नगर्ने भन्ने कुरा उहाँहरूले विचार गर्ने विषय हो । त्यसकारणले गर्दा निरपेक्ष रूपमा पुनर्गठन हुनै सक्दैन पनि भन्न सकिँदैन । अनिवार्य रूपले हुनैपर्छ भन्ने विषय पनि होइन । के गर्दा सहज ढंगले चलाउन सकिन्छ, त्यो ढंगले सोच्ने विषय हो । पार्टीको तर्फबाट अहिले प्रस्ताव गरेकै छैन नि । हामीले यो प्रस्ताव गरेको विषय होइन ।’

उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर बोल्नु राम्रो हुने पनि बताए ।